काठमाडौं, इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन् ।
उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन्। खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन्। विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन् ।
सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए ।
स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भनेका छन्, “बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् ।”
उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता
Previous Article‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा
Next Article बिग ब्यासमा अनौठो तरिकाले आउट भइन् ब्याटर


NPL Special
NPL Special
NPL Special
NPL Special