काठमाडौं, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को समग्र निर्णयको नयाँ मस्यौदामा हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ ।
सम्मेलनको अध्यक्षताले बिहीबार सार्वजनिक गरेको निर्णयको नयाँ मस्यौदामा हिमाली क्षेत्रको जलवायु सङ्कट सम्बोधन गर्न छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव समावेश गरिएको हो ।
नेपाल, भुटान र किर्गिज गणतन्त्रले संयुक्त रूपमा अघि सारेको उक्त प्रस्ताव मस्यौदाको अनुच्छेद २२ र २३ मा समेटिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
प्रस्तावअनुसार कार्यान्वयनसम्बन्धी सहायक निकाय (एसबीआई) तथा वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी सहायक निकाय (एसबीएसटीए) अन्तर्गत हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गरिनेछ ।
कार्यक्रममार्फत हिमाली क्षेत्रको जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता अभिवृद्धि, वैज्ञानिक तथ्याङ्क तथा अवलोकन प्रणाली र पूर्वचेतावनी प्रणाली सुदृढ बनाउने लक्ष्य राखिएको छ । प्रभाव, जोखिम र अनुकूलनसम्बन्धी नैरोबी कार्य कार्यक्रमलाई प्रस्तावित कार्यक्रमको ज्ञान साझेदारका रूपमा राखिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव
Previous Articleजापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन


NPL Special
NPL Special
NPL Special
NPL Special