काठमाडौं, केन्द्रीय कारागार सुन्धारा काठमाडौँबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरू २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
फरार कैदीबन्दीको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता थापाले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज कुन-कुन ठाउँमा छ वर्षा र हिमपातको सम्भावना ?


NPL Special
NPL Special
NPL Special
NPL Special