नयाँ दिल्ली, भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत सम्बन्धका विषयमा तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन विगतको विषय भइसकेको र हाल ‘सान्दर्भिक नरहेको’ टिप्पणी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको द्विपक्षीय भेटवार्तापछि नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिश्रीले पछाडि फर्किएर नभई भविष्यमुखी दृष्टिकोणबाट अघि बढ्नुपर्ने बताए। उनले सीमा तथा द्विपक्षीय विषयहरूलाई नयाँ संयुक्त दृष्टिकोण दस्तावेजमार्फत रचनात्मक रूपमा अघि बढाइने र त्यसका लागि दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको जानकारी दिए।
साथै, मिश्रीले दुई प्रधानमन्त्रीबीचको वार्तामा लिपुलेक सीमा विवाद र भारतीय सेनामा नेपाली युवाको भर्तीका विषयमा कुनै छलफल नभएको स्पष्ट पारे।


NPL Special
NPL Special
NPL Special
NPL Special