काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो वरीयतामा पुगेकी छन्।
यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको स्थानमा गौतमलाई ल्याइएको हो। गौतम तेस्रो स्थानमा पुगेपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल झरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा तेस्रो स्थानमा छिन्। पार्टीको पदाधिकारी वरीयताअनुसार नै उनलाई मन्त्रिपरिषद्मा समेत माथिल्लो स्थानमा राखिएको हो।


NPL Special
NPL Special
NPL Special
NPL Special