काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि युवा कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले प्रभावकारी कूटनीतिका लागि आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्न आवश्यक रहेको बताएका छन्।
नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तरराष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ। उनले नेपाली तथा विश्वव्यापी विषयमा ज्ञान हासिल गर्दै अङ्ग्रेजी, चिनियाँ र अरबीजस्ता भाषामा दक्षता बढाउन युवा कूटनीतिज्ञलाई आग्रह गरेका छन्।
कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन र भू–राजनीतिक परिवर्तनले कूटनीतिमा नयाँ चुनौती थपेको बताएकी छन्। सेमिनारमा डिजिटल कूटनीति, जलवायु, ऊर्जा, आप्रवासन र नेपालको अन्तरराष्ट्रिय सहभागिताबारे छलफल भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special