काठमाडौं, इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ आयोजना हुँदैछ। चिया पर्यटन प्रवर्द्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ। आयोजकले महोत्सवमा आन्तरिक तथा बाह्य गरी १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा टि ट्रेल रेस, चियासम्बन्धी अन्तरसंवाद, चिया स्वाद परीक्षण, चियाबारी पदयात्रा, स्थानीय परिकारको प्रदर्शनी तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। पुरुषतर्फ १२ दशमलव पाँच र महिलातर्फ नौ किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ।
कन्यामदेखि श्रीअन्तुसम्म निर्माण भइरहेको २५ दशमलव पाँच किलोमिटर लामो चिया पदमार्गको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। महोत्सव सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special