आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार ओमानलाई १० रनले पराजित गरेको छ। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। नेपालका रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए। ललित राजवंशी र दीपेन्द्रले दुई–दुई विकेट लिए। जितसँगै नेपालले ओडीआई मान्यता जोगाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


