नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। थापाले भने असोज ३१ गते नै शपथ लिइसकेका थिए। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित नेतृत्वलाई विधिको शासन र संवैधानिक सर्वोच्चता कायम राख्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special