काभ्रेपलाञ्चोक, निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलाञ्चोकमा पनि विगतका मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिले बैठकमार्फत पुनरावलोकन प्रक्रिया र कार्यतालिका तय गरेको छ ।
समितिले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ अनुसार गत भदौ १५ गतेसम्म सङ्कलित तथा अद्यावधिक गरी असोज ३० गते प्रकाशित मतदाता नामावलीलाई मतदानस्थल पुनरावलोकनको आधिकारिक आधार बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा क्रियाशील राजनीतिक दललाई आगामी मङ्सिर १ गतेभित्र हाल कायम मतदानस्थलको सूचीसहित पत्राचार गरी पुनरावलोकन तथा आवश्यक सिफारिसका सम्बन्धमा राय-सुझाव माग्ने निर्णय गरिएको जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काभ्रेमा मतदानस्थल-मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
Previous Articleबराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला
Next Article केके कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान


NPL Special
NPL Special
NPL Special
NPL Special