नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाडौँ उपत्यकामा निःशुल्क सवारी सेवा दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविपद्का कारण राजमार्ग प्रभावित
Next Article पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान


