सुर्खेत, मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्।
परिषद्का अनुसार एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल र कबड्डीसहित अधिकांश खेल सुर्खेतमा आयोजना हुनेछन्। कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, बक्सिङ, भारोत्तोलन, साइक्लिङलगायत खेल पनि सुर्खेतमै हुनेछन्।
टेनिस र महिला तथा पुरुष खोखो बर्दियामा तथा पौडी र सुटिङ नेपालगन्जमा सञ्चालन हुनेछन्। जुडो र कुस्ती सल्यान, आइटिएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन पश्चिम रुकुममा आयोजना हुनेछन्। महिला तथा पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा हुनेछन्।
प्रतियोगितामा करिब ६ हजार खेलाडी र तीन हजार अफिसियल गरी नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।
केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ। आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। व्यवस्थापनका लागि मूल समारोह समितिसहित १४ वटा समिति गठन गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special