काठमाडौं, नेपालमा नागरिकता र जन्मदर्ताको अभावमा धेरै परिवार पुस्तौँसम्म राज्यको पहिचान र सेवासुविधाबाट वञ्चित भइरहेका छन्। पम्फा दर्जीका श्रीमानको थातथलो थाहा नहुँदा उनी आफैँ नागरिकताविहीन छन्। उनका छोराछोरीले पनि नागरिकता पाउन सकेका छैनन् भने नातिनातिनाको जन्मदर्तासमेत हुन सकेको छैन। यसले उनीहरूलाई शिक्षा, रोजगारी र बैंकिङ सेवाबाट वञ्चित गरेको छ।
यस्तै, आफन्तको पहिचान नभएका सञ्जय राईले पनि नागरिकता पाउन सकेका छैनन्। नागरिकता नहुँदा आफूले प्रशिक्षण दिएबापतको पारिश्रमिक लिनसमेत समस्या भएको उनको भनाइ छ। साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उनले ‘हाम्रो नागरिकता कहिले बन्छ ?’ भन्दै प्रश्न गरेका छन्।संस्थाले गरेको सर्वेक्षणअनुसार १५० सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन। ६५ प्रतिशतका अभिभावकसँग आवश्यक कागजात नभएको र ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएको सर्वेक्षणमा उल्लेख छ। अधिकारकर्मीका अनुसार कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन जटिल हुँदा धेरै व्यक्ति नागरिक पहिचानबाट वञ्चित हुनुपरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभोटेकोसी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
Next Article अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउने सरकारको योजना


NPL Special
NPL Special
NPL Special
NPL Special