नुवाकोट, भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो । नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त रकम उपलब्ध गराउन थालिएको हो ।
“लाभग्राही कायम भएका वडा नं १० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन सुरु गरिएकामा अहिले प्रभावित सबै वडामा पुगेका छौँ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विवरण अद्यावधिक गर्ने क्रम जारी रहेकाले लाभग्राही कायम भएका सबैलाई जतिसक्दो चाँडो रकम उपलब्ध गराउने प्रयास भइरहेको छ ।”
विदुर नगर कार्यपालिकाको गत भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक रु १० हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च छ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रिय खेलकुदमा गण्डकीका ७५० खेलाडीले प्रतिस्पर्धा गर्ने
Next Article नागरिकता र जन्मदर्ता नहुँदा पुस्तौँसम्म पहिचानविहीन


NPL Special
NPL Special
NPL Special
NPL Special