काठमाडौं, निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ आगामी ९ मंसिरमा हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त मितिका लागि पेशी तोकेको हो।
आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि पहिलो सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। विशेष अग्राधिकारसहित ७ मंसिरमा पेशी तोकिए पनि नयाँ आईजीपी डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएपछि सुनुवाइ सरेको थियो।
गत १८ कात्तिकमा मन्त्रिपरिषद्ले कार्कीलाई सरुवा गरी उनको स्थानमा केसीलाई आईजीपी नियुक्त गरेको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special