कास्की, सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३-८४ को स्वीकृत कार्यक्रम अनुसार वेटर-वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममार्फत युवालाई बजारको मागअनुसारको व्यावसायिक सीप प्रदान गरी रोजगारीमा आबद्ध गराउनाका साथै आफैँ व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने महानगरपालिकाको लक्ष्य छ । सीप र दक्षताको अभावमा रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक



NPL Special
NPL Special