काठमाडौं, सामाजिक सञ्जालमा एक प्रयोगकर्तालाई दिएको जवाफका कारण विवादमा तानिएका विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्पष्टीकरण दिएका छन्। एक फेसबुक पोस्टमा आफूलाई ‘भित्रभित्रै छुरा बोक्ने कपटी’ भनिएपछि मन्त्री पुनले ‘यता आउ छुरा हेर्ने भए भित्रको’ भन्दै जवाफ दिएका थिए। सामाजिक संजालमा यसको चौतर्फी आलोचना भएपछि उनले यसबारे स्पष्ट पार्दै लेखेका छन्, ‘दुर्गा भाइले मैले साँच्चिकैको फलामे छुरा बोकेर हिँडेको भनेको होइन । उनले मेरो मन कपटी छ भनेको हो । त्यही मेरो मन (भित्री छुरा) कपटी छ कि छैन भनेर हेर्न आउ र मैले नढाँटीकन विस्तारपूर्वक भनेर तिम्रो चित्त बुझाउने प्रयास गर्छु भनेर सोझै भनेको हो…सोझो मान्छेको सोझो कुरा यही हो।’
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special