काठमाडौं, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारतबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ ।
प्रधानमन्त्री शाह भारत भ्रमणमा प्रस्थान गर्नुअघि शुभकामना दिँदै रास्वपाले यस्तो अपेक्षा व्यक्त गरेको हो । पार्टी महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा भ्रमणले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार प्रधानमन्त्री शाहले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराएका थिए । सो अवसरमा लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्ध मजबुत बनाउन भ्रमण कोसेढुंगा बन्ने विश्वास व्यक्त गरेका छन् ।


NPL Special
NPL Special
NPL Special
NPL Special