काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो २ः०५ बजे नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुनेछ।
दुई देशबीच ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यका समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कनेछन्।





NPL Special
NPL Special
NPL Special
NPL Special