बागलुङ, जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन ।
जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ ।
नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special