बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप न्यून देखिएको छ। दशैं मनाउन लाखौं सर्वसाधारण उपत्यकाबाट बाहिरिएपछि सडक सुनसान बनेका हुन्। महानवमीमा सवारीसाधनको पूजा गर्ने चलनले पनि सडकमा सवारीको संख्या घटेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


