काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सबै प्रकारका निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध हटाएको छ। राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फालाई पत्र पठाउँदै प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएको हो।
राखेप सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) अनुसार निर्णय गरिएको उल्लेख छ। यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खेलकुद मन्त्रालय, फिफा र एएफसीलाई समेत जानकारी गराइएको छ। यद्यपि, राखेपको निर्णयसँगै फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध स्वतः हट्ने निश्चित छैन।


NPL Special
NPL Special
NPL Special
NPL Special