काठमाडौं, मलेसिया वैदेशिक रोजगार ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अर्याल हाल फरार रहेको बताइएको छ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित थप ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन श्रम सचिव विनोद केसी तथा मन्त्रालयका अन्य अधिकारीहरू उमेश ढुंगाना, राजीव पोखरेल र निर्मला गुरुङ रहेका छन्।
यसअघि पनि सीआईबीले ठगी प्रकरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी रहेका छन्। यससँगै मलेसिया रोजगारी ठगी प्रकरणमा अनुसन्धानको दायरा उच्च सरकारी अधिकारीसम्म पुगेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special