काठमाडौं, काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ। रु चार करोड ७१ लाखभन्दा बढी लागतमा बन्ने पुलको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन्। पुलका दुवैतर्फ शय्या सार्न मिल्ने लिफ्ट राखिनेछ। यसबाट बिरामीले एउटा भवनबाट अर्को भवनमा जान सडक पार गर्नुपर्ने बाध्यता हट्नेछ। निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special