काठमाडौं, विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि र जीवनोपयोगी सीप समेटिने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा सीपमा आधारित, व्यावहारिक तथा रोजगारीमुखी शिक्षालाई प्राथमिकता दिन लागिएको हो।
‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो।
परिमार्जनका लागि कार्यदलले करिब एक लाख ५० हजार सुझाव प्राप्त गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special