अन्ताल्या, कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । उनले यसका लागि अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्न विश्व समुदायसँग आह्वान गरिन् ।
टर्किएमा जारी ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१)’ अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘लिभिङ सगरमाथाः पर्वतीय उत्थानशीलताका लागि विश्वव्यापी ऐक्यबद्धता र जलवायु वित्त परिचालन’ विषयक छलफल सत्रलाई सम्बोधन गर्दै उहाँले हिमाल मानवताको जीवन आधार प्रणाली भएको उल्लेख गरिन् ।
मन्त्री चौधरीले हिमालयले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी मानिसलाई पानी, स्वच्छ हावा र जैविक विविधताको आधार प्रदान गरिरहेको बताउँदै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीव्र बन्दै गएको उल्लेख गरिन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
Previous Articleभीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको सङ्ख्या १४ पुग्यो, ६ घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special