काठमाडौं, एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ पुनः पदमा फर्किएपछि कम्पनीको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ। यससँगै कम्पनीको बजार मूल्य झन्डै एक ट्रिलियन डलरले उकालो लागेको बीबीसीले जनाएको छ। हुआङले एक महिलासँगको सम्बन्ध स्वीकार गरेपछि पदबाट राजीनामा दिएका थिए। उनी राजीनामा दिएको दुई साताभन्दा कम समयमै पुनः जिम्मेवारीमा फर्किएका हुन्।सोमबारको कारोबारमा प्रविधि कम्पनीका सेयरमा समेत वृद्धि देखिएको छ। अमेरिकी बजारको प्रविधि सूचक नास्डाक ६.५ प्रतिशत र एसएन्डपी ५०० सूचक ४.७५ प्रतिशतले बढेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
हुआङ फर्किएकै दिन एनभिडियाको मूल्य झन्डै एक ट्रिलियन डलर बढ्यो
Previous Articleमहिला विश्वकप २०३१ अमेरिकासहित चार देशमा, २०३५ मा बेलायतमा हुने
Next Article गुरु नानकको जन्मजयन्ती मनाइँदै


NPL Special
NPL Special
NPL Special
NPL Special