काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। सापकोटाकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न उनले माग गरेका हुन्।
शनिबार सामाजिक सञ्जालमार्फत शर्माले कांग्रेस सभापति गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, नदिए फसाउने धम्की दिइएको भन्ने आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसद्ले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।
सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा दिएको उजुरीमा हिरासतमा शारीरिक तथा मानसिक यातना दिइएको र दबाबमा अडिओ रेकर्ड गराइएको दाबी गरेकी छन्। सापकोटाले पनि विभिन्न राजनीतिक नेता तथा अन्य व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्। आयोगले घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special