काठमाडौं, मध्यपूर्वमा इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग टिकाउ र दीर्घकालीन सम्झौता गर्न चाहेको बताएका छन्।
फक्स न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले आफूलाई शासन परिवर्तनमा खासै रुचि नभएको उल्लेख गर्दै इरानसँग आणविक हतियार विकास गर्न नसक्ने सुनिश्चिततासहितको सम्झौता चाहेको बताएका हुन्।
उनले इरानमा यसअघि दुईवटा नेतृत्व समूह समाप्त भइसकेको दाबी गर्दै अहिले तेस्रो समूहसँग वार्ता भइरहेको बताए। नयाँ नेतृत्वको व्यवहार पनि पहिलेका समूहभन्दा खासै फरक नभएको उनको भनाइ छ।
‘हामी सम्झौता गर्छौँ, तर उनीहरूले भोलिपल्टै त्यसलाई तोड्छन्,’ ट्रम्पले भने।
उनले आगामी चार, १५ वा २० वर्षपछि अमेरिकामा कमजोर नेतृत्व आए पनि इरानले आणविक हतियार प्राप्त गर्न नसक्ने सुनिश्चितता सम्झौतामा हुनुपर्ने बताए।
यसैबीच, इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको तथा अमेरिकी लडाकु विमानलाई निशाना बनाएको दाबी गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special