जनकपुर, मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने बताएका छन्।
पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै दललाई सरकारमा सहभागी गराउने आफ्नो चाहना रहेको बताए।
‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो। म त्यही भावनाअनुसार दलहरूसँग छलफल अगाडि बढाउँछु,’ उनले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छन् भन्ने विश्वास छ।’
मुख्यमन्त्री यादवले निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे।
यसअघि प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special