काठमाडौं, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका रहेको हो ।
सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० तथा चितवन र पोखराबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन् । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ । ऊ लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो ।
कर्णाली आज सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ । सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अङ्क तालिकामा सुधार गर्ने योजनामा छ ।
आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ । चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ
Next Article एक हजार जनाको पारिवारिक पुनर्मिलन



NPL Special
NPL Special