काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु वित्तको वास्तविक उपलब्धि जनताको सुरक्षा, समुदायको उत्थानशीलता र विकासको संरक्षणबाट मापन हुनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को अवसरमा आयोजित ‘अल्पविकसित तथा साना टापु राष्ट्रहरूको जलवायु वित्त आवश्यकता र वित्तमा पहुँच’ विषयक उच्चस्तरीय कार्यक्रममा बोल्दै मन्त्री खनालले जलवायु वित्तले नागरिकको सुरक्षा, सम्मान र उत्थानशीलता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले जलवायु अनुकूलन तथा जलवायुजन्य हानि र नोक्सानी सम्बोधनका लागि पूर्वानुमानयोग्य, सार्वजनिक, अनुदानमा आधारित तथा सहुलियतपूर्ण वित्तीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताए। यस्तो सहयोगले कमजोर राष्ट्रको ऋणभार थप्न नहुने उनको भनाइ थियो।
त्यसैगरी, बहुपक्षीय जलवायु कोषमा प्रत्यक्ष पहुँच सहज बनाउन प्रक्रियागत अवरोध हटाउनुपर्ने र जोखिममा रहेका राष्ट्रलाई आफ्ना राष्ट्रिय जलवायु प्रतिबद्धता तथा अनुकूलन योजनाअनुसार कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउनुपर्ने उनले उल्लेख गरे।
उनले हिमाली पारिस्थितिक प्रणाली, अतिकम विकसित राष्ट्र तथा साना टापु राष्ट्रका विशिष्ट जलवायु जोखिमलाई वित्तीय संरचनामा सम्बोधन गर्न पनि आग्रह गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special