काठमाडौं, तिहारपछि लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ। चाडपर्वअघि सुनसानजस्तै रहेका घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडामा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्।
क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा दैनिक १०० देखि १५० जनासम्म पर्यटक पुग्ने गरेका छन्। त्यस्तै, काउलेपानीमा दैनिक ६० देखि ७० र राइनासकोटमा ३० देखि ४० जनासम्म पर्यटक आउने गरेका छन्।
मर्स्याङ्दी गाउँपालिकास्थित हरसिङडाँडामा पनि पर्यटकको आगमन बढेको छ। सडक पहुँच सहज हुँदै जाँदा यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको स्थानीय व्यवसायीले बताएका छन्।
पर्यटकको आगमन बढेसँगै होमस्टे, होटल तथा स्थानीय व्यवसाय चलायमान भएका छन्। यसले ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानीका अवसरसमेत बढाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special