काठमाडौं, नेपाल घुम्न आएका विदेशी पर्यटकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म भ्रमण आय ३२.७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा पर्यटकबाट १९ अर्ब २३ करोड रुपैयाँ आम्दानी भएको थियो ।
यस अवधिमा नेपालीले विदेश भ्रमणमा गर्ने खर्च भने १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । यसमध्ये शिक्षातर्फ मात्रै ३६ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । भ्रमण आयभन्दा व्यय बढी हुँदा खुद सेवा खाता १९ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special