काठमाडौं, चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले सर्वाधिक ५३ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले २३ तथा विनोद भण्डारीले २३ रन बनाए ।
चितवनका बलर रन्जित कुमारले दुई विकेट लिए भने कमल ऐरी, सलाहुद्दिन खान, रिजन ढकाल र उसामा मिरले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
अब सुदूरपश्चिमले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लगातार दोस्रो पटक फाइनल पुगेका यी दुई टोलीबीच गत सिजनको उपाधि भिडन्तमा पनि प्रतिस्पर्धा भएको थियो ।


NPL Special
NPL Special
NPL Special
NPL Special