काठमाडौं, चाडपर्वको लामो बिदा र नियमित रक्तदानको कमीका कारण नेपालगञ्ज र झापामा रगतको अभाव देखिएको छ। नेपालगञ्जमा दैनिक ७० देखि ८० पिन्ट र झापामा करिब १२० युनिट रगतको माग हुने गरेको छ। तर मागअनुसार सङ्कलन हुन नसक्दा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने अवस्था छ।
नेपालगञ्जमा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले नियमित रक्तदान कार्यक्रम आवश्यक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ। झापामा पनि पूर्वी पहाडी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्तलाई रक्तदाता खोज्न कठिनाइ भइरहेको छ।
दुवै जिल्लाका सरोकारवालाले स्थानीय तह, सामाजिक सङ्घसंस्था तथा शैक्षिक संस्थालाई नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। विशेषगरी जाडो मौसममा रक्तदान कार्यक्रम घट्न सक्ने भएकाले सम्भावित अभाव न्यूनीकरणका लागि अहिलेदेखि नै अभियान चलाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालगञ्ज र झापामा रगत अभाव, दैनिक मागअनुसार सङ्कलन चुनौतीपूर्ण
Previous Articleभ्रष्टाचारमा ‘शून्य सहनशीलताको नीति’: अर्थमन्त्री वाग्ले
Next Article तस्बिरमा हरिबोधनी एकादशी


NPL Special
NPL Special
NPL Special
NPL Special