पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा आन्तरिक तथा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा पछिल्लो समय दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक पुग्न थालेका छन्।
समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ। आकर्षक सूर्यास्त, चौँरी तथा भेडीगोठ र फराकिला पाटनले पर्यटकलाई लोभ्याउने गरेका छन्।
चौँरी महोत्सव, चलचित्र ‘उनको स्वीटर’को छायाङ्कन तथा सामाजिक सञ्जालमा भएको प्रचारले पनि चाररातेको लोकप्रियता बढाएको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। झन्डा पोखरी, जलजले पोखरी र भैँसेपोखरी पनि पर्यटकका आकर्षण बनेका छन्।
तर पर्यटकको चापसँगै आवास, खानेपानी, विद्युत्, सडक र फोहर व्यवस्थापन चुनौती बनेका छन्। पर्यटन व्यवसायीले दीर्घकालीन पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार विकास र सेवा सुविधामा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special