बाँके, बाँकेको नरैनापुर गाउँपालिका–५ मा रहेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेर पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।
हरियाली वनजङ्गल र पहाडको मनोरम दृश्यले घेरिएको मन्दिरमा शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको भीड लाग्ने गरेको छ। बाँकेसहित छिमेकी जिल्लाबाट समेत श्रद्धालु आउने गरे पनि सडक, खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत सुविधाको अभाव रहेको स्थानीयको गुनासो छ।
स्थानीयवासी तथा पर्यटन व्यवसायीले मन्दिरको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यलाई समेटेर पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्। व्यवस्थित विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीय रोजगारी र आर्थिक गतिविधि बढ्ने उनीहरूको भनाइ छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्दिरको संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको बताएका छन्। उनले यसलाई बाँकेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रदेश र सङ्घीय सरकारले पनि सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special