काठमाडौं, मलेसिया वैदेशिक रोजगार ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार राति उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ रहेका छन्।
सीआईबीका अनुसार उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। नेपाल र मलेसिया सरकारबीचको सम्झौताविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर ३ लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार ९०.८० सहित कुल १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप उनीहरूमाथि छ।


NPL Special
NPL Special
NPL Special
NPL Special