काठमाडौं, रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले शुक्रबार युक्रेनको नेटो सदस्यता रुसका लागि अस्वीकार्य रहेको बताएका हुन् ।
उनले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे ।
र्याबकोभका अनुसार युक्रेनले नेटो सदस्यता नलिने रुसी माग स्वीकार गरेपछि मात्र उसलाई प्रदान गरिने सुरक्षा प्रत्याभूतिबारे विभिन्न विकल्पमा छलफल गर्न सकिनेछ।
उनले नेटोको पूर्ण सदस्यता नभए पनि त्यससँग मिल्दोजुल्दो हैसियत प्रदान गर्ने वा यस विषयमा अन्य वैकल्पिक व्यवस्था खोज्ने प्रस्तावसमेत रुसलाई स्वीकार्य नहुने बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतस्बिरमा हरिबोधनी एकादशी
Next Article जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन


NPL Special
NPL Special
NPL Special
NPL Special