काठमाडौं,
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । अभियुक्तहरूबाट लागुऔषधका अतिरिक्त चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, नगद रु २० हजार २०० र एउटा मोटरसाइकलसमेत बरामद भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो ।
काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ छ ग्राम ७४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन



NPL Special
NPL Special