काठमाडौं,
महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।
उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
Next Article लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ



NPL Special
NPL Special