वीरगञ्ज, पर्साको जगरनाथपुर गाउँपालिकाले विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । गाउँपालिकले वडा नं ५ मसिहानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत ८५ विद्यार्थीलाई विद्यालय पोसाकका रूपमा कोट र पाइन्ट वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीलाई कोट र पाइन्ट वितरण गर्दै विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् भन्ने उद्देश्यले पनि पोसाक वितरण गरिएको बताए । उहाँले भन्नुभयो, “विशेषगरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्नाका साथै किशोरकिशोरीमा शिक्षाप्रति आकर्षण बढाएर अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाका तर्फबाट पोसाक वितरण गरिएको हो ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान


NPL Special
NPL Special
NPL Special
NPL Special