काठमाडौं, विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल कात्तिक १७ देखि २० गतेसम्म चार दिन बिदामा बसेका छन्। उनले प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट बिदा स्वीकृत गराएको सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले बताएका छन्। बिचौलिया इनम सापकोटासँगको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि उनी विवादमा परेका हुन्। सर्वोच्चको पूर्ण बैठकले घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special