काठमाडौं, लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। यसअघि गत असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो। झन्डै १८ दिनको अन्तरालपछि बस्न लागेको आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित तथा प्रशासनिक प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। विस्तृत एजेन्डाहरू भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special