काठमाडौं, भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिएका छन्।
काठमाडौं आइपुगेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत मोदीसँगका तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले अंग्रेजीमा लेखेका छन्, ‘धन्यवाद! महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतका जनतालाई।’
मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह सोमबार भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका हुन्।


NPL Special
NPL Special
NPL Special
NPL Special