बाँके, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा हिजो तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् ।
महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले हिट चरणमा सोफिया शाहको नाममा रहेको पाँच मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान तोड्दै पाँच मिनेट २१.५२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।
यसै स्पर्धामा नेपाली सेनाकी दुवाना लामाले पनि पाँच मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै सोफियाको कीर्तिमान तोडिन् । फाइनलमा लिलीले आफ्नै समय सुधार गर्दै पाँच मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गरिन् । दुवानाले रजत र नेपाल प्रहरीकी देवांशी जोशीले कास्य पदक जितिन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडलर १४८ रुपैयाँ नाघ्यो, पाउन्ड १९४ रुपैयाँ नजिक


NPL Special
NPL Special
NPL Special
NPL Special