शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १६१ टोलीले अनुमति लिँदा ३१ करोड ८० लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ । सबैभन्दा धेरै ५०० आरोहीले मनास्लु आरोहण अनुमति लिएका छन् । त्यसैगरी, आमादब्लमका लागि ३८६ र हिम्लुङका लागि १२१ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा चीन, फ्रान्स, अमेरिका र रुसका नागरिकको सङ्ख्या उल्लेख्य छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special