पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थालेको फ्लाइ दुबईले एक महिनामा ३० उडानमार्फत ६ हजार ३६२ यात्रुलाई सेवा दिएको छ। असोज ७ देखि सुरु भएको उडानमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ यात्रु रहेका छन्। पोखरा महानगर प्रमुख धनराज आचार्यले उडानलाई दिगो बनाउन यात्रु संख्या बढाउनुपर्नेमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


