भारतको पूर्वी तटीय क्षेत्रमा बुधबार आएको शक्तिशाली चक्रवात अर्नबका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १८० घरमा क्षति पुगेको छ। आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। तीव्र हावाहुरीका कारण २२० वटा रूख ढलेका छन् र विद्युत् सेवा अवरुद्ध भएको छ। चक्रवात आउनुअघि आन्ध्र प्रदेश र ओडिसाबाट एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special